काठमाडौं । रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।


ADVERTISEMENT


१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा ल्याइपुर्‍याइएको हो ।
८ दिन लामो थुनछेक बहस सुनेपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले सो आदेश दिएको थियो।


ADVERTISEMENT

# # #


अब अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको बयान लिने छ। मुद्दाको मूल विषयमा पनि बहस हुने छ। त्यसपछिमात्रै आलमको मुद्दामा अदालतले फैसला गर्ने छ।

उनलाई सुरक्षा सतर्कताका कारण राती नै काठमाडौं ल्याइएको प्रहरी उच्च श्रोतले हिमालयपोण्टलाई जानकारी दिएको छन् ।