काठमाण्डौ – भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आएका छन् । उनी शुक्रबार राति काठमाण्डौ आइपुगेका हुन् ।


ADVERTISEMENT


विमानस्गलमा उनलाई युनिसेफका पदाधिकारीले स्वागत गरेका थिए । गोप्य रुपमा काठमाण्डौ‌ आएका सचिन विशेष सुरक्षामा होटेल गएका थिए । युनिसेफको सदभावना दूत रहेका तेन्दुलकरले कीर्तिपुरको मैदानमा शनिबार नेपालका पूर्व खेलाडी बिनोद दासको टिमसँग च्यारिटी खेल खेल्ने भएका छन् ।


ADVERTISEMENT

# # #


दुवै टिममा युनिसेफले स्कुलका विद्यार्थीलाई समावेश गरेर टिम गरिएको छ । सचिन काठमाण्डौको द्वारिका होटेलमा बसेका छन् ।

यही कार्यक्रमका लागि हाल भारतमा रहेका यू-१९ टिमका प्रशिक्षक विनोदकुमार दास नेपाल आइसकेका छन् । शनिबार कीर्तिपुर मैदानमा बिहान १० बजेबाट खेल सुरु हुनेछ ।

बालबच्चालाई पौष्टिक आहारका विषयमा सचेतना अभियानअन्तर्गत उनि समावेश गरिएका हुन् ।