काठमाडौँ – ठगी आरोपमा पक्राउ परेका उद्योगी एवम् पूर्व सहायकमन्त्री रुपज्योती थुनामुक्त भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।


ADVERTISEMENT


उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले दुवै पक्षबीच सहमति भएपछि रिहा गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


मल्ल र ज्योति परिवारबीच कुरा मिलेर मुद्दा फिर्ता लिने सहमति भएको हो । गत २१ कात्तिकमा विज्ञेन्द्रकृष्ण मल्लको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी सुरुची ज्योति सिंगापुरबाट नेपाल फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

२०७५ मंसिर १६ मा मल्लले रुपज्योतिसहितका ११ जनाले उनको १ करोड २६ लाख ठगी गरेको भन्दै जिल्ला अदालतमा उजुरी दिएका थिए ।