काठमाडौँ – नेपाल लिग चरणको अन्तिम खेल खेल्नु अगावै प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


मंगलबार बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित हात पार्दै नेपाल उपाधिको होडमा स्थान सुनिश्चित गरेको छ । मंगलबार बङ्गलादेशको ढाकास्थित शाहीद शुरवादी हलमा आयोजक बङ्गलादेशमाथि नेपालले सहज जित हात पारेको हो । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बुधबार मल्दिभ्सको सामना गर्दैछ । उक्त खेलमा हार बेहोरेपनि नेपाल बिहीबारको लागि निर्धारित उपाधिको होडमा स्थान सुनिश्चित गरिसकेको हो । यद्दपी मल्दिभ्स विरुद्धको खेल अङ्कतालिकामा नेपाल शिर्ष स्थानमा पुग्न महत्वपूर्ण हुनेछ ।


ADVERTISEMENT

# # #


नेपालले उपाधिको लागि बिहीबार मल्दिभ्सको सामना गर्नेछन् । नेपालले अफगानिस्तान, किर्गिस्तान र बङ्गलादेश गरी लिग चरणको तीन वटा खेलमध्ये तीनवटैमा जित हात पारेको छ । तीनै खेलमा नेपालले एउटै सेटमा हार बेहोरेको छैन ।