काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग गर्दै डडेल्धरामा अनसनरत प्रा.डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । ८ दिनदेखि अनसनरत डा. केसीले देशमा सीमा विवादको मुद्दा उठेकोले तत्कालका लागि अनसन स्थगित गर्ने निर्णय गरेका हुन् ।


ADVERTISEMENT


मंगलबार एक विज्ञप्ती जारी गर्दै डा. केसीले भनेका छन्, ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं ।’


ADVERTISEMENT

# # #


साथै उनले कालापानी लगायतका क्षेत्रमा मिचिएको सीमालाई कुटनीतिक माध्यामबाट फिर्ता ल्याउन उनले माग गरेका छन् । विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी हुनुपर्ने, प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने लगायत ७ बुँदे माग राख्दै डा. केसीले गत कार्तिक १८ गते डडेल्धुरामा अनसन थालेका थिए । यो उनको १७ औँ अनसन थियो ।

यसअघि सोमबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गरेका थिए ।