काठमाडौं – फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल संघ (एन्फा)को सिफरिस अनुसार एसियन फुटबल महासंघ (एएफसी)ले खेल स्थान तय गरेको हो । एन्फाका अनुसार नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गते भ्टानको चाङलिमिथाङ रंगशालामा हुनेछ । यसअघि उक्त खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुने भनिएको थियो । तर, एएफसीले निमार्णाधीन दशरथ रंगशाला खेल्नका लागि योग्य नभएको भन्दै अन्य देशमा गराउन निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


त्यही निर्देशन अनुसार नेपालले ‘न्यूट्रल भेन्यू’का रुपमा खेल भुटानमा गराउन एन्फालाई सिफारिस गरेको थियो । एन्फाको प्रस्तावलाई कुवेतले अस्वीकार गर्दै कुनै खाडी मुलूकमा खेलाउनु पर्ने एएफसीसँग माग राखेको थियो । तर, एएफसीले एन्फाको सिफरिस स्वीकार गरेको हो । घरेलू मैदानमा खेल्नुपर्ने खेल अब नेपाली खेलाडीले भुटानमा खेल्नुपर्ने छ ।