काठमाडौँ – भारत सरकारको सहयोगमा मकवानपुरको हेटौँडामा नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना शुभारम्भ भएको छ । उक्त बहुप्राविधिक महाविद्यालयको मंगलबार प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारको समुपस्थितिमा उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस परियोजनाको लागत भा.रु. ३८.५३ करोड रहेको छ । जुन भारत सरकारले अनुदान सहयोग गर्नेछ । ३२ एकड भन्दा बढी क्षेत्रफलमा बन्ने उक्त परियोजनामा निर्माण कन्सल्ट्यान्स इन्डिया प्रा. लि.ले परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा तथा नर्माण टेलिकम्युनिकेसन्सकन्सल्ट्यान्स इन्डिया प्रा. लि. परियोजना ठेकदारको रुपमा काम गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको छ । आगामी दुई वर्षभित्रमा सम्पन्न हुने लक्ष्यसहित परियोजना सुरु भएको हो ।