काठमाडौँ – राजपुर बम काण्डका आरोपी पूर्व मन्त्री एवं नेपाली काँग्रेस रौतहटका निलम्वित सांसद् मोहम्मद अफताब आलमको रौतहट जिल्ला अदालतमा मंगलबार बयान नसकिएपछि बुधबार हुने भएको छ ।


ADVERTISEMENT


आलमका कानुन व्यवसायी अनन्त अधिकारीले अभियोगपत्रसहित पेश भएको मिसिल ८ सय १८ पृष्ठका भएकाले बयान सकिन समय लाग्ने बताए ।


ADVERTISEMENT

# # #


रौतहटका सरकारी वकिल खडिन्द्रराज कटवालले बयानमा केही ढिलाइ भएकाले मंगलबार ९ वटा प्रश्नको जवाफ मात्र सकिएको बताए ।

जिल्ला अदालत रौतहटमा दायर भएको ०७६ सिए ००९५ मुद्दामा सरकारी वकिल कार्यालयले ३९ पानाको अभियोग पत्र तथा ८७८ पृष्ठको मुद्दा मिसिल दर्ता गराएको हो ।

पहिलो संविधान सभा निर्वाचनको क्रममा २०६४ साल चैत २७ गते राती नेता आलमका काका शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको आरोप लागेको छ ।

उनलाई प्रहरीले असोज २६ गते चन्द्रनिगाहपुर–गौर सडक खण्डमा पर्ने इद्रिश गेट नजिकबाट प्रहरीले पक्राउ गरेको थियो ।