काठमाडौं । ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार साँझ मिर्गौलाको डायलाइसिस गरिएको छ ।


ADVERTISEMENT


स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलाइसिस गरिएको स्रोतले बताएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पताल प्रशासन र चिकित्सकहरुलाई समेत रोक लगाइएको जनाईएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमा राखेर थप डायलाइसिस गरिने जानकारी प्राप्त भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरियो ।

बुधबार पनि उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेको र छिट्टै फर्किने बताइएको थियो । तर आकस्किम रुपमा डायलाइसिस गरिएको छ ।