काठमाडौं – हिमालय एयरलायन्सले काठमाडौं–वेइजिङका लागि आफ्नो पहिलो उडान भरेको छ ।


ADVERTISEMENT


नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन हुने गरी भ्रमण वर्षको पूर्वसन्ध्यामा नियमित उडान सुरु गरिएको जनाइएको छ । उत्तरी छिमेकी राष्ट्र चीनको राजधानी वेइजिङसित काठमाडौं हवाई माध्यमले पहिलोपटक जोडिन पुगेको छ ।


ADVERTISEMENT

# # #


त्रिभुवन विमानस्थलबाट बिहान ८ बजेर ३० मिनेटमा उडान भरेको हिमालय एयरलायन्सको ६६५ विमान वेइजिङको डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चार बजेर १० मिनेटमा अवतरण गर्नेछ । काठमाडौंमा पूर्व उडान उद्घाटन समारोहपछि उडान सेवा सुरु गरिएको छ । सोही अवसरमा साताको तीनपटक काठमाडौंबाट चीनको राजधानी वेइजिङ उडान भर्न नयाँ तालिका समेत सार्वजनिक गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आतिथ्यतामा भएको समारोहमा नेपालका लागि चिनीयाँ राजदूत होउ याङची, मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको सहभागिता रहेको थियो । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल सरकारले पाँच लाख चिनीयाँ पर्यटक भित्र्याउन लिएको लक्ष्य प्राप्त गर्न सिधा हवाइ सम्पर्कले महत्वपूर्ण योगदान पुर्याउने बताए ।

हिमालय एयरलायन्सका अध्यक्ष झोउ इन्योङले दुई राजधानीबीच सिधा हवाई सेवा सुरु भएपछि उत्तरी चीनबाट नेपाल आउने पर्यटकलाई जोड्ने विश्वास ब्यक्त गरे।