काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेदरल्यान्ड्सले लगातार तेस्रो जित हात पारेको छ ।


ADVERTISEMENT


यूएईमा भएको समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सले सिंगापुरलाई पाँच विकेटले पराजित गरेको हो । १०२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १६.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।


ADVERTISEMENT

# # #


नेदरल्यान्ड्सको जितमा म्याक्स ओडवडले ३५ र कोलिन एकरमनले ३४ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले १८.५ ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले २८ र अरित्र दुत्ताले २० रन बनाए । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा रोइलोफ भान र टिम भानले समान ३–३ विकेट लिए ।

यो जितसँगै नेदरल्यान्ड्सले तीन खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ ।