काठमाडौँ – प्राइम कमर्सियल बैंकले कीर्तिपुर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैँकको शाखा कार्यालय संख्या ९६ पुगेको छ ।


ADVERTISEMENT


उक्त शाखाको एक समारोहका विच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले उद्घाटन गरेका छन् । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ ।


ADVERTISEMENT

# # #


साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।