काठमाडौँ – नागढुंगा-सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य सुरु भएको छ । सोमबार चन्द्रागिरी नगरपालिका १ दहचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङ मार्गको शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT


सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिएको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो । ५.५६ किलोमिटर लामो उक्त सुरुङको लागत २२ अर्ब अनुमान गरिएको छ । जसका लागि जापान सरकारले सहुलियतपूर्ण ऋण प्रदान गर्नेछ ।


ADVERTISEMENT

# # #


४२ महिनाभित्र आयोजना सम्पन्न हुने गरी काम सुरू गरिएको हो ।  शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री बिना मगरलगायतको उपस्थिति रहेको थियो ।