काठमाडौँ – नोभेम्बर दोस्रो सातादेखि पोखरामा हुने भनिएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिता एक महिना पर सरेको छ । इंल्याण्डको मेरिलेवन क्रिकेट क्लब (एमसीसी)को टोली नेपाल आउने र नेपाली यू १९ टोलीको भारत भम्रण जुरेपछि आयोजकले पीपीएल सार्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


यसअघि आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रतियोगिता कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म (२०१९ नोभेम्बर १२ देखि २३ सम्म) हुने घोषणा गरेको थियो । अब पीपीए मंसिर २८ गतेदेखि (डिसेम्बर १४ देखि २८ सम्म) हुनेछ ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा पोखरा पल्टन, चितवन राइनोज, बुटवल ब्लास्टर्स, धनगढी ब्लुज, विराटनगर टाइटान्स र काठमाडौँ रोयल्स गरी ६ वटा टिम रहेका छन् । पहिलो संस्करणको उपाधी शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनले जितेको थियो ।