बैतडी – बैतडीको मेलौलीमा एक किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मेलौली नगरपालिका वार्ड नं। ७ बनालीमा १९ वर्षीय किशोरी सावित्री चन्द घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेकी हुन् ।


ADVERTISEMENT


मणिलेक माध्यमिक विद्यालय काँडा मेलौलीमा कक्षा १२ अध्ययनरत छात्राको मृत्युको कारण खुल्न नसके पनि एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #


मृतकको कोठामा खानतलासी गर्दा सोही ठाउँका प्रशान्त क्षेत्रीको नागरिकता, फोटो फेला परेकाले अनुसन्धानका लागि क्षेत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । किशोरीको सिरानीमा १० हजार नगद समेत फेला परेको उनले बताए ।