काठमाडौँ – सरकारले आगामी वर्ष आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने भएको छ । शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् ।
यस्तै सिक्टा आयोजनाको सबै काम ४ वर्षभित्र गरिने, कोशी र कर्णाली करिडोरको ट्र्याक खोल्ने काम आगामी वर्ष सकिने सरकारको भनाइ छ । कन्काइ बहुउद्देश्यीय आयोजनाको अध्ययन गरी निर्माण गरिने, मुस्ताङको युरेनियम उत्खनन गर्न आगामी वर्ष अध्ययन प्रक्रिया अघि बढाइने सरकारको योजना छ ।