बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पूर्नगठन नहुने बताएका छन् । आज बिराटनगरमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले तत्कालै पूर्नगठनको सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
“एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,” प्रधानमन्त्रीले भने, “पूर्नगठन हुँदैन ।”
केहि दिन अघि मात्रै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले बिराटनगर नै पुगेर मन्त्री परिषद हेरफेरको बिषयमा प्रधानमन्त्री ओलीसंग आफ्नो छलफल भईरहेको बताएका थिए ।