काठमाडौँ– पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु हुने गरी भएको हेलिकोप्टर दुर्घटनाको छानबिनका लागि सरकारले आयोग गठन गरेको छ ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा चार सदस्यीय आयोग गठन गरेको गृहमन्त्री रामबहादुर थापाले बताए ।
पूर्वसचिव गौतमको नेतृत्वमा बनेको समितिमा नेपाली सेनाको दिपक बास्तोला, क्याप्टेन प्रमोद लामा र सदस्य सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
बुधबार दिउँसो मन्त्री अधिकारीसहित सात जना सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ ।