काठमाडौं– बुधबारदेखिको अवरिल वर्षासँगै काठमाडौंमा हिउँ परेको छ । राजधानीका रामकोट, बूढानीलकण्ठ, नागार्जुन, भक्तपुरको दुवाकोट, बालकोटसहित विगतमा हिउँ नपर्ने स्थानमा पनि बिहीबार पनि हल्का हिउँ परेको हो । उपत्यकाभित्र हिमपात भएको १२ वर्षपछि यो पहिलो पटक हो ।


ADVERTISEMENT


यस्तै राजधानीको आसपासका डाँडाहरु चन्द्रगिरी, फूल्चोकीलगायतका स्थामा बाक्लो हिमपात भएको छ ।  लगातारको बदली तथा वर्षाका कारण उपत्यकामा चिसो पनि बढेको छ ।


ADVERTISEMENT

# # #


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली रहने छ । बाँकी भूभागमा आंसिक बदली रहने महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।