काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै छ । स्कटल्याण्डको टिटवूडस्थित क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ राजेको हो ।
खेल नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुनेछ । नेपाली टोली आज तीनवटा परिवर्तन गरिएको छ । विकेटकिपर अनिल साहको ठाउँमा आशिफ शेख आएका छन् भने बसिर अहमद र किरण ठगुन्नको ठाउँमा आरिफ शेख र भीम सार्की आएका छन् ।
यसअघि सिरजको पहिलो खेलमा नेदरल्याण्ड्स विरुद्ध तेस्रो सुपर ओभरमा पराजित नेपाल उक्त नमिठो हारको बदला लिने दाउमा रहेको छ ।
नेपाली प्लेइङ–११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, करण केसी, ललित राजवंशी, लोकेश बम र रुपेश सिंह ।