काठमाडौँ — प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको नाराबाजीपछि बैठक स्थगित भएको हो ।


ADVERTISEMENT


सोमबार बसेको बैठक सुरु हुनासाथ रास्वपाकी सांसद चन्दा कार्कीलाई सभामुख देवराज घिमिरेले बोल्ने समय दिए। कार्कीले बोल्दै भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीप्रति सरकार उदासीन रहेको आरोप लगाइन्।


ADVERTISEMENT

# # #


“०६४ सालदेखि यो गम्भीर विकृति चल्दै आएको छ,” भन्दै उनले उच्चस्तरीय छानबिन समितिको माग गरिन्।

उनको भनाइपछि सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न अनुमति दिए। उनले रास्वपाका सांसदहरूको पोसाक र व्यवहारप्रति आपत्ति जनाउँदै संसद्को मर्यादा पालनाको माग गरे।

घिमिरेको सम्बोधनपछि रास्वपाका सांसदहरूले वेल घेरेर नाराबाजी जारी राखे। स्थिति नियन्त्रणमा नआएपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।

भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामाको मागलाई लिएर रास्वपाले संसदमा निरन्तर दबाबमूलक रणनीति अपनाइरहेको छ। यसले सदनमा सत्ता पक्ष र विपक्षबीचको टकराव थप चर्किएको छ।