भक्तपुर– भक्तपुरमा विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास गरिएको छ ।


ADVERTISEMENT


बुधबार भक्तपुर नगरपालीका–१ स्थीत भाज्या पुखुमा श्री रणशेर गण, सूर्यविनायक व्यारेकले बाढी डुवानमा आधारित मनसुन–५ को विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास गरेको हो ।


ADVERTISEMENT

# # #


सो क्रममा पोखरीमा डुबेका व्यक्तिलाई ज्यान जोगाउने, उद्धार गरेर ल्याएर प्राथमिक उपचार गर्ने, रबर बोटको प्रयोगसम्बन्धी अभ्यास गरिएको थियो ।

अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा विपद उद्धारमा प्रयोग गरिएका सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको थियो ।