काठमाडौँ– प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक ३ः३० बजेसम्म स्थगित भएको थियो ।
तर, संसद सुचारुका लागि विपक्षीहरुसंग वार्ता नमिलेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।