काठमाडौँ– नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलविरुद्व सर्वाैच्च अदालतमा रिट पेस भएको छ ।
गर्भनर नियुक्तिका लागि योग्यता नपुगेको अयोग्य व्यक्ति भएको भन्दै उनको गर्भनरको मागसहित अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले अदालतमा रिट निवेदन पेस गरेको हो ।
उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा छ । यसअघि गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। विश्वनाथ पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।