काठमाडौँ – नेपाल राष्ट्र बैँकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नेपाल राष्ट्र बैँकको १८औँ गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।
मंगलबार नै अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा विश्व पौडेल रहेका थिए भने दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराई सिफारिसमा परेका थिए ।
मन्त्रिपरिषद्ले पहिलो नम्बरका पौडेललाई गभर्नर बनाउने निर्णय गरेको हो ।