काठमाडौँ– राष्ट्रपति रामचन्द्र यादव र भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता डा. विजय जोलीबी शिष्टाचार भेटवार्ता भएको छ ।
आज शीतल निवासस्थित उनीहरुको भेटवार्ता सम्पन्न भएको हो ।
भेटका क्रममा डा. जोलीले दक्षिण एशियामा आतंकवाद विरुद्ध भारत सरकारको दृढ प्रतिबद्धता र प्रयासको प्रसंग उल्लेख गर्दै आतंकवाद विरुद्ध नेपालले देखाएको सद्भाव र समर्थनप्रति राष्ट्रपति पौडेललाई धन्यवाद व्यक्त गरे।
उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले पाकिस्तानमा लुकेर बसेका आतङ्ककारीहरूलाई नष्ट गर्ने अभियान अन्तर्गत ७ देखि १० मे २०२५ सम्म पाकिस्तानका विभिन्न स्थानमा सफल हवाई आक्रमण गरी आतङ्ककारी लुकाइएको स्थलहरू ध्वस्त पारेको हो।”
सांस्कृतिक सद्भावको प्रतीकस्वरूप डा. जोलीले राष्ट्रपति पौडेललाई अयोध्याको राम मन्दिरको प्रतिकृति र भगवा साल (साफ्रन स्कार्फ) प्रदान गरेका थिए।
भेटका अवसरमा राष्ट्रपति कार्यालयका निजी सचिव अभाग्य पौडेल, भारतका विजेन्द्र यादव र नेपाल क्रिकेट संघका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा युवा नेता ब्रितान्त खनाल पनि विशेष उपस्थितिमा थिए।
यो भेटघाटले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास र साझेदारीलाई थप सुदृढ बनाएको विश्वास गरिएको छ।