काठमाडौँ– सरकारले यस बर्षपनि गणतन्त्र दिवस तीनदिनसम्म भव्यताका साथ मनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि सोमबार सिंहदरबारमा बसेको बैठकले गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो ।


ADVERTISEMENT

# # #


मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरु लगाएत सदस्य रहेका छन् ।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरे । प्रधानमन्त्री ओलीले मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरु पटक पटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न उनले निर्देशन दिए ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले बोलाएको छलफलमा आउने वा नआउने भन्ने सोध्न समेत निर्देशन गरे । त्यसपछि मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा बोलाएका मान्छे आउनुपर्ने कर्तव्य भएपनि उपस्थीत नहुदा त्यसको कारण सोध्न गाह्रो रहेको बताए । गणतन्त्र दिवसको जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुने छ ।