भक्तपुर – १२१ वर्ष पुरानो भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा औपचारिक रूपमा सुरु भएको छ । आइतबार आयोजित एक विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन गरेका हुन् ।
त्यसक्रममा उनले भने, “भक्तपुर अस्पताल देशकै पुरानो र सम्भावनायुक्त अस्पताल हो। तर विगतमा उपेक्षित भयो। अहिले भने हामीले आधुनिक सेवा विस्तारको दिशामा ऐतिहासिक कदम चाल्यौं। अब भक्तपुरमै अत्याधुनिक सिटी स्क्यान सेवा उपलब्ध छ। यो आम नागरिकका लागि ठूलो राहत हो।”
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेठले भक्तपुरमा स्वास्थय क्षेत्रलाई माया गर्ने सबै राजनीतिक दलहरु भएकाले भक्तपुर स्वास्थ्य क्षेत्रको हव बनाउन लाग्नु पर्ने बताए । उनले सचिव मन्त्री सबै भक्तपुरकै भएकाले पनि यो अवसर नचुकाउन आग्रह गरे । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रदेशसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता, अस्पतालका चिकित्सक तथा कर्मचारीहरू र भक्तपुर नगरपालिकाको सरकारत्मक भूमिकाले अस्पताल सबल र सक्षम बन्दै गएको बताउए ।
उनले देशको दोस्रो पुरानो अस्पतालमा अत्याधुनिक प्रविधियुक्त सेवा सुरु भएसँगै अब भक्तपुरबासीलाई सिटी स्क्यानका लागि काठमाडौं, ललितपुर वा अन्य टाढाका अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको बताए । सचिव डा. गौतमले भने, “सिटी स्क्यान मेसिन दिने कम्पनीसँग यस्तो सम्झौता भएको छ, जसअनुसार १० वर्षसम्म मेशिन सञ्चालनमा कुनै समस्या आएमा तत्काल मर्मत हुनेछ। आवश्यक उपकरण र जनशक्ति समेत सरकारले व्यवस्थापन गरिसकेको छ।”
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ वडा अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका सदस्य रविन्द्र ज्याख्वले जनताको सेवा गर्ने थलो राम्रो हुनुपर्ने बताउँदै विगतमा भक्तपुर अस्पताल कस्तो थियो भन्ने कुरा स्मरण गरे । उनी भक्तपुर नगरपालिकाले पनि सकारात्क भूमिका खेलेको बताउँदै भक्तपुर अस्पतालालई राम्रो बनाउन नगरपालिका सकारात्मक रहेको प्रतिक्रिया दिए ।
अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सेवा सुरु भएपछि भक्तपुरका बिरामीहरूलाई सुविधा पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “अब सिटी स्क्यानका लागि बिरामीले राजधानी धाउनु पर्ने छैन। यही अस्पतालमा सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध हुनेछ।” भक्तपुर अस्पतालमा सुरु भएको यो सेवा स्वास्थ्य सेवा विस्तार र पहुँच सुधारतर्फको ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ।