काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदात्ता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बर्तौलाले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि चार सय भन्दा बढि नेपाली अलपत्र परेको भन्दै उनीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


कम्पनी बन्द हुदा २ देखि ९ महिनासम्मको पारिश्रमिक पाउन नसकेको र बर्हिगमन भिसा बन्द भएकाले स्वदेश आउन पाएकाले नेपालीहरु अलपत्र परेको उनले बताए ।

उनले यथाशीघ्र नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुटन सरकारसँग आग्रह गरे ।