काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छन् ।


ADVERTISEMENT


भारत र पाकिस्तान युद्धबारे मुख खोल्दै उनले भारले पाकिस्तानविरुद्व चलाएको ‘अप्रेशन सिन्दूरको समर्थन गरेका हुन् ।


ADVERTISEMENT

# # #


शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर’’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’