काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अदालतको आदेश अनुसार पक्राउ गरिएको पुष्टि भएको छ।


ADVERTISEMENT


टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई २० वर्षको जेल सजाय तोकिएको थियो, तर उनले राष्ट्रपतिबाट आममाफी प्राप्त गरेर जेलमुक्त भएका थिए। यसअघि तोकिएको सजायको एक भाग पनि उनले पूरा नगरेको पाइएपछि पुनः पक्राउ गर्न आदेश जारी गरिएको हो।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, चौधरीले न्यूनतम सजाय भुक्तान नगरेको कारण अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो। कारागार रेकर्डअनुसार, चौधरीले सजायको पूर्ण अवधि पूरा नगरेपछि उनलाई कारागार फर्काउन आदेश गरिएको हो।

चौधरीले कति बाँकी सजाय भुक्तान गर्नुपर्नेछ ? भन्ने कुरा अदालतको निर्णयपछि मात्र पत्ता लाग्नेछ। हाल उनलाई पुनः कारागार पठाइने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

चौधरीलाई राष्ट्रपतिबाट २०८० जेठ १५ गते आममाफी प्राप्त भएको थियो, जसपछि उनी जेलमुक्त भएका थिए। तर, उनको आममाफीको विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। उक्त रिटको प्रक्रिया हाल पनि जारी रहेको छ, र चौधरीको गिरफ्तारी यसैको हिस्सा भएको बताइएको छ।