काठमाडौँ – सिंहदरबारमा गणतन्त्रवादी दलहरुबीच बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माओलीले बोलाएको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका गणतन्त्र पक्षधर दलहरुबीच छलफल सुरु भएको हो ।


ADVERTISEMENT


शुक्रबार राजावादीहरुले तीनकुनेमा अराजकता मच्चाएपछि विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा र कृष्ण सिटौला, नेकपा एमालेबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष पम्फा भुसाल उपस्थित छन् ।


ADVERTISEMENT

# # #


यस्तै जनमत पाटीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसी, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राइ, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई लगायत उपस्थित रहेका छन् ।