काठमाडौँ– प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । आइतबार बिहान सवा ११ बजेका लागि बोलाइएको बैठकको समय सवा १ बजे बस्ने गरी सरेको हो ।


ADVERTISEMENT


विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ । अन्यथा बैठक सुचारु हुन नदिने उनीहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


बैठकअघि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरु संग छलफल गरेका छन् ।