काठमाडौँ– विश्व निकेतन माविले नेपालकै उत्कृष्ट विद्यालयको अवार्ड प्राप्त गरेको छ।


ADVERTISEMENT


फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अर्वाड २०२५’ मा विश्व निकेतनले उत्कृष्ट विद्यालयको उपाधी हासिल गर्न सफल भएको हो।


ADVERTISEMENT

# # #


विद्यालयले शैक्षिक गुणवत्ता र विद्यार्थीको समग्र विकासमा गरेको उत्कृष्ट योगदानका कारण प्राप्त उक्त सम्मान विद्यालयका शिक्षक, छात्र–छात्रा र व्यवस्थापनका सबै सदस्यलाई सफलताको सन्देशको रूपमा लिइएको छ।

विज्ञान, व्यस्थापन, मानविकी, कानुन, शिक्षा संकायका विषय अध्यापन हुने यस विद्यालयअन्र्तगत पछिल्लो माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जना विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल भएका थिए। यो नेपालको सामुदायिक विद्यालयको नतिजा मध्ये उत्कृष्ट नतिजा हो।

साथै विद्यालय नगद सहित क्षेत्रिय शिक्षा पुरस्कार, २ लाख रुपैयाँ नगद सहित राष्ट्रिय शिक्षा पुरस्कार, २०८० सालको राष्ट्रपति रनिङशिल विजेता, तेक्वान्दो च्याम्पियनसिपको विजेता हनुको साथै थुप्रै पुरस्कार जित्न सफल भएको छ ।