काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाइ सुधार गर्न परिणाममुखी काम भइरहेको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा देखा परेका समस्यालाई समाधान गर्दै सुधार गर्न परिणाममुखी काम भइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सरकारमा रहेर औषत काम गरेर सूची बढाउने र दिन बिताउने पक्षमा आफुहरु नभएको भन्दै उनले दुरगामी महत्वका उपलव्धी हासिल गर्ने गरी काम गर्ने जिकिर गरे । अर्थमन्त्री पौडेलले अर्थतन्त्र क्षेत्रलाई तीव्रतर रुपमा अघि बढाउन नै सरकारले अध्यादेश ल्याएको बताए । उनले बैंकहरुमा देखिएको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा बित्तिय क्षेत्रमाथि लगाएका भ्रममा नपर्न आग्रह गर्दै कुनै पनि निक्षेपकर्तालाई डुव्न नदिने स्पष्ट पारे । कुनै संस्थामा समस्या भए त्यसको तथ्याङ्क राष्ट्र बैंकसंग हुने भएकाले अफवाहका पछाडि लाग्न नहुने उनले बताए ।

उनले बैंक तथा बित्तियसंस्थामा उतारचढाव आउन सक्ने भएकाले त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राखे ।