काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको बतााएका छन्


ADVERTISEMENT


शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थीरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरि प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


दलहरुबीच सहमति जुटे संसदबाट र सहमति जुट्न नसके जनतामाझ गएर राजनीतिक मुद्धा बनाई निर्वाचन प्रणाली सुधारमा जोड दिने उनको भनाइ छ ।

सापकोटाले माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको जिकिर गरे ।

उनले प्राप्त भइरहेका अधिकार कटौती गर्न माओवादी सहमत नरहेको तर अग्रमनका लागि हुने संविधान संशोधनमा तयार नै रहेको जनाए ।