काठमाडौँ – यही मंसिर १५ देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको लागि टिकट बिक्री खुला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबारदेपिख टिकट बिक्री खुला गरेको हो ।


ADVERTISEMENT


टिकट मूल्य सार्वजनिक गर्दै क्यानले अनलाइन मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । क्यानले एनपीएल हेर्नका लागि विभिन्न विधामा फरक फरक मूल्य तोकेको छ । जस अनुसार साधारणतर्फ समूह चरणका खेलहरुका लागि प्रतिटिकट ३ सय रुपैयाँ लाग्ने क्यानले जनाएको छ । प्लेअफ र फाइनल खेलहरुका लागि भने साधारण टिकटको मूल्य ५ सय रुपैयाँ तोकिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै क्यानले यस पटक त्रिवि क्रिकेट मैदानमा सिटसहितको छुट्टै भीआईपी जोन बनाएको छ । जसको मूल्य तीन उद्घाटन खेलको दिन ७ सय रुपैयाँ पर्ने छ भने समूह चरणका अन्य खेलको दिन ५ सय पर्नेछ । यस्तै प्लेअफका खेलमा ७ सय रुपैँया भर्ने छ भने फाइनलको दिन भने भीआईपी टिकट लिन १ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

क्यानले टिकटका लागि विशेष प्याकेज समेत ल्याएको छ । ‘सिजनल पास’ नाम दिइएको उक्त प्याकेज अन्तर्गत पूरै प्रतियोगिताका लागि एकैपटक टिकट लिनसक्नेछन् । त्यस्ता दर्शकलाई क्यानले एक्रिडिटेशन कार्ड र मर्चेन्डिाइज प्रदान गर्नेछ ।

‘सिजनल पास’ लिन साधारणतर्फ ४ हजार ४८० रुपैयाँ पर्नेछ भने भीआईपीतर्फ ८ हजार २४० रुपैयाँ पर्नेछ । जुन अन्यको तुलनामा २० प्रतिशत छुटसहित रहेको क्यानले जनाएको छ । क्यानका अनुसार टिकट खल्ती वालेटबाट टिकट काट्न सकिनेछ ।

आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म चल्ने एनपीएलमा नेपालका विभिन्न प्रदेश सहरका नामका ८ फ्रेन्चाइज्ड टोली प्रतिस्पर्धा गर्दैछन् । खेल प्रसिद्ध भारतीय टिभी स्टार स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुनेछ ।