काठमाडौं-पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सिमित पिएसजीले रेनलाई ३-२ गोल अन्तरमा हराउँदै उपाधि नजिक पुगेको हो ।
पिएसजीका लागि थोमस मेएनिएर, काक्विनहोस र गिओवानी लो सेल्सोले गोल गरेका थिए । रेनका लागि त्यसपछि डिएफ्रा साखो र सान्जिन प्रिसिकले गोल गरे ।
यस्तै रेनका विङ्गर वाहबी खाज्रीले गोल गरेका थिए तर भिएआरको सहायताले ह्याण्डबल देखिएकाले रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।
केलियन एमबाप्पे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।
६३ औँ मिनेटमा इस्माइला सारसँग खराब ट्याकल गरेका एमबाप्पेलाई रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) ले रातो कार्ड देखाएका हुन् ।
पिएसजीले मोनाको वा मोन्टपेलिएरसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।