काठमाडौँ – सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरे पनि आफ्ना मागहरुका विषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको भनाइ छ ।

सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफुहरुलाई स्वीकार्य नभएको उनीहरुको आरोप छ । नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगायतले आफुहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।