काठमाडौँ —  तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आइतबार दर खाने तयारीमा छन् ।


ADVERTISEMENT


भाद्र शुक्ल द्वितीयाका दिन निर्जल र निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ ।


ADVERTISEMENT

# # #


दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघर मै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् ।

भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउँछन् ।

अचेल दरका नाममा महिना दिनअघिदेखि पार्टी प्यालेसमा पार्टी गर्ने चलन बढेको भन्दै संस्कृतिका अध्येताले चिन्ता व्यक्त गर्ने गरेका छन्।