काठमाडौँ – संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । छलफलपछि प्रधानमन्त्री प्रचण्डले आफु संसदमा बोल्न जान लागेको प्रतिक्रिया दिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले बैठकमा आफूले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताए । शीर्ष नेताबीच संसद्को अवरोध हटाउने विषयमा आइतबार पनि छलफल भएको थियो ।

प्रतिनिधिसभाको बैठक आज ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेश गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।