चितवन– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा आज एउटा दुर्लभ गैँडा मृत भेटिएको छ ।


ADVERTISEMENT


निकुञ्जका सुचना अधिकारी एबं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार अर्को गैँडासँग जुधेर वयस्क भाले गैँडा मरेको हो । निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत ‘टाइगर टप्सको टेन्टेड क्याम्प’ क्षेत्रमा मृत गैँडा फेला परेको अर्यालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दिउँसो करिब १ बजेतिर निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको श्रीजङ्ग गणको गस्ती टोलीले गैँडा मृत फेला पारेपछि निकुञ्जलाई खबर गरेको थियो । आज साँझ गरिएको पोष्टमार्टम रिपोर्टअनुसार गैंडा बिहानतिर मरेको अनुमान गरिएको छ । उनका अनुसार उक्त गैँडाको शरीरमा १९ वटा घाउ लागेको पाइएको छ ।

अन्दाजी १८-२० वर्षको जस्तो देखिने उक्त गैँडाको आज साँझ पोष्टमार्टम गरेर खाग, खुर सुरक्षित रुपमा ल्याइएको निकुञ्जले जनाएको छ । चितवन निकुञ्जमा पछिल्लो गणनाअनुसार ६०० वटा गैँडा छन्