काठमाडौं-लिभरपुपलले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति ठूलो अन्तरको जित निकालेको छ ।
उसले लिग तालिकाको अन्तिम स्थानमा रहेको स्वान्सीलाई ५–० ले हरायो ।
त्यसमा ब्राजिली खेलाडी रोबर्टो फिरमिनोले दुई तथा फिलिप कोउटिन्होले एक गोल गरे ।
यो जितपछि लिभरपुल ३८ अंकसहित चौथो स्थानमा रह्यो । यस्तै चेल्सीले ब्राइटनलाई २–० ले हरायो र ४२ अंकमा तेस्रोमा रह्यो ।