काठमाडौँ – निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई आईसीयू बेड प्रदान गरेको छ ।


ADVERTISEMENT


सोमबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थीतिमा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले ३० वटा आईसीयू बेड हस्तान्तरण गरिएको हो । सो क्रममा पोखरेलले निर्मल लामा स्मृति प्रतिष्ठानले निःस्वार्थ रुपमा सामाजिक सेवाको काम गरिरहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले प्रतिष्ठानसंग रहेका १ सय ५० आईसीयूवेड विभिन्न सरकारी अस्पतालमा हस्तान्तरण गरिने बताए ।

उनले जनताको निशुल्क स्वास्थ्य सेवा पाउने अधिकारलाई स्थापित गर्नुपर्ने जिकिर गरे ।