काठमाडौँ – प्रदेश नम्बर २ को राजधानी जनकपुर हुने भएको छ । सोमबार प्रदेशसभामा जनकपुरलाई प्रदेश २ को स्थायी राजनधानी बनाउने गरिएको प्रस्तावको पक्षमा दुई तिहाई मत खसेको हो ।


ADVERTISEMENT


१०४ जना सदस्य रहेको प्रदेश नं. २ को प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ जना सांसद सहभागी भएका थिए । जसमध्ये जनकपुरलाई स्थायी राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ जना प्रदेश सांसदले मतदान गरेका छन् भने विपक्षमा २१ मत खसेको छ ।


ADVERTISEMENT

# # #


जनकपुरको पक्षमा खसेको मत सभामुख सरोजकुमार यादवले नेपालको संविधानको धारा २८८ को उपधारा २ र प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम ७३ (क)को नियम २७ अनुसार घोषणा गरेका हुन् ।

यससँगै प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम, उत्तरमा धनुषा जिल्लाको ढल्केबर र पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा कायम भएको छ ।

प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको थियो । सो प्रस्तावमाथि आइतबार र सोमबार छलफलपछि मतदान भएको थियो ।