ललितपुर– नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आबद्ध सदस्यलाई मङ्गलबार कोरोनाविरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।


ADVERTISEMENT


पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताए । ‘खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ’, उनले भने ।


ADVERTISEMENT

# # #


सो खोप लभगग दुई सय पत्रकारले लगाउने अपेक्षा गरिएको सचिव कार्कीले जानकारी दिए । रासस