काठमाडौँ – सदभावनाका देवताका रुपमा पुजिने सेतो मच्छिन्द्रनाथको जात्रा मंगलबारबाट सुरु भएको छ ।
हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन जात्रा मनाइन्छ । जात्राको पहिलो दिन मंगलबार सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकी जमलको पु¥याएर गुर्जु पल्टनसहित रथारोहण गरिएको थियो । रथलाई जमलबाट विभिन्न टोल हुँदै असन ल्याएर राखिएको छ ।
असनमा राखिएको रथको पाङग्रामा कनफत्ता जोगी समुदायले राँगा बलि दिएर पूजा गर्ने परम्परा रहेको छ । बुधबार अर्थात् नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पु¥याइन्छ । चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोलमा रहेको मच्छिन्द्रनाथको आमा रुखको परिक्रमा गरेपछि रथयात्रा सम्पन्न हुन्छ ।
त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा बोकी विभिन्न टोलको परिक्रमा गराई जनबहालमा रहेको मन्दिरमा पुर्याएपछि जात्रा सकिने परम्परा छ ।