काठमाडौँ – प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक डाकेका छन् ।
ओलीले आज बिहाना ११ बजे संसदीय दलको बैठक डाकेका हुन् ।
दलका मुख्य सचेतक विशाल भट्टराईकाअनुसारमा बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ ।
समसामयिक राजनीतिक अवस्था, प्रतिनिधि सभा, नेकपा एमालेभित्र उत्पन्न समस्याका विषयहरू बैठकको एजेण्डाका रुपमा रहेको भट्टराईले जानकारी दिए ।