काठमाडौं – हुन्डाई हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाबाट स्टार अवार्डका साथै ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ पाएको छ ।


ADVERTISEMENT


हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका म्यानेजिङ डाईरेक्टर जिन सेओङ पार्कको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको थियो । सन् २०२० मा नेपाली एस्काभेटर बजारमा नम्बर १ स्थान लिन सफल भए वापत सो सर्टिफिकेट कन्स्ट्रक्सन सोलुसन्स नेपाललाई प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


नेपाली एस्काभेटर बजारमा विगत ३–४ वर्ष यता हुन्डाई मार्केट लिडर रहँदै आएको बताईएको छ ।

हुन्डाई इन्डियाले गरेको सहयोग र हालै प्रदान गरिएको अवार्डप्रति कन्स्ट्रक्सन सोलुसन्स प्रालिका म्यानेजिङ डाइरेक्टर सन्दिप सारदाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यो क्षेत्रमा सधै नम्बर १ रहन परिश्रम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले ग्राहक र डिलर पार्टनरको मेहनत र उत्कृष्ट कार्यप्रति कृतज्ञ भएको बताउँदै यसैको प्रतिफल नै यो उपलब्धि भएको बताए ।

महामारीका वावजुद हुन्डाई एस्काभेटर नेपालमा नम्बर १ रहन सफल भएको र यसले एस्काभेटर सेगमेन्टको बढ्दो बजारलाई देखाएको छ । नेपाली एस्काभेटर सेगमेन्टको बजारमा हुन्डाई एस्काभेटरले २७ प्रतिशत बजार हिस्सा लिएको कम्पनीको भनाई छ ।
निर्माण र अन्य विभिन्न क्षेत्रमा हुन्डाईका मेसिन प्रयोग भइरहेका छन् ।