चितवन – भरतपुर महानगरपालिकाले चितवन नदी किनारलाई ‘समुद्री किनार’का रुपमा विकास गर्ने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाअन्तर्गत ‘समुद्री किनारको ड्राफ्ट बनाएको हो ।


ADVERTISEMENT


विदेशमा समुद्र किनार ‘सी बीच’लाई ठूलो व्यापारिक गन्तव्य हुने गरेको छ । नेपालमा समुद्र नभएपनि नदी किनारलाई विकास गरेर कृत्रिम ‘सी बीच’को बनाउन सकिने अवधारणाअनुसार यस योजनालाई अघि सारिएको हो ।


ADVERTISEMENT

# # #


नेपालले आफ्नै पानीजहाज समेत चलाउने योजना बनाएको नारायणी नदीलाई प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने महानगर प्रमुख रेणु दाहालले बताइन् । ‘नारायणी नदी किनारलाई पर्यटकीय आकर्षक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार भरतपुरको विकासमा ‘सी बीच’ मोडल ल्याएका हौँं,’ उनले भनिन् ।

यसका लािग पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले टेन्डर आह्वान समेत गरिसकेको छ । ६ करोड रुपैयाँ लागतमा डेढ बर्षभित्र काम सम्पन्न गर्ने टेण्डर आह्वान गरिएको हो ।

नदी किनारको लागि महानगरले यसअघि नै २३ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेको छ ।

 

फोटो सौजन्यः भरतपुर नगरपालिका